मंगलबार, जेठ २६, २०८३

ट्रेकिङसँगै दृश्यावलोकन गर्न भिरलाखुरी

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

गलकोट- कतिपय सम्भावित पर्यटकीय क्षेत्र सदरमुकाम आसपास भएर पनि ओझेलमा पर्दैआएका छन्। सामाजिक सञ्जाल र समाचार पहुँचका कारण कुनाकाप्चाका पर्यटकीय स्थलसमेत उजागर भइरहेको अवस्थामा कतिपय सम्भावित क्षेत्र सुविधासम्पन्न क्षेत्रका स्थलसमेत ओझेलमा परेका हुन्। 

National life

बागलुङ सदरमुकाम नजिकैको भिरलाखुरीलाई प्रबर्द्धन गर्न थालेपछि अहिले हाइकिङका लागि  स्थानीय पर्यटक त्यहाँ पुग्न थालेका छन्। पछिल्लो समय झरना तथा दृश्यावलोकनका लागि पदयात्रामा जान, प्रकृतिसँग रमाउन, टिकटक बनाउन र फोटो खिच्न आउने पर्यटक बढ्न थालेपछि  बागलुङ बजारदेखि ४५ मिनेटमै पुग्न सकिने भिरलाखुरीलाई प्रबर्द्धन गर्न थालिएको हो। 

भिरलाखुरी भ्यूपोइन्टको प्रचारप्रसार, प्रबर्द्धन र पूर्वाधारदेखि अहिले बागलुङ बजारको दृश्यावलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भइरहेको छ। बागलुङ नगरपालिका–६ मा पर्ने भिरलाखुरी पछिल्लो समय बागलुङ बजारको नजिकैको एक आकर्षक पर्यटकीय गन्तव्यको रुपमा परिचित हुन थालेको छ। 

भिरलाखुरी भ्यूपोइन्टबाट बागलुङ बजारका साथै पर्वतका नाग्लीबाङदेखि कुश्मा बजारसम्म देख्न सकिने भएकाले चर्चामा आउन थालेको त्यहाँका  वडाध्यक्ष रुद्र केसीले बताए।  अहिले भिरलाखुरी पुग्ने पदमार्ग, रेलिङ र होर्डिङबोर्ड कुर्ची, पिङ् खेल्ने झुलालगायत पूर्वाधारसमेत निर्माण गरिएपछि पर्यटकको सङ्ख्या वृद्धि भएको उनको भनाइ थियो।

गत आर्थिक वर्षमा नगरस्तरीय योजनामामार्फत रु तीन लाख र अघिल्लो आर्थिक वर्षमा रु दुई लाखको लागतमा पदमार्ग बनाइएको थियो।

Shivam cement

‘भिरलाखुरीको प्रवर्द्धनका लागि कलाकार रामजी नेपालीसहित विभिन्न पर्यटन क्षेत्रमा सक्रिय रहेका युवाको साथ र सहयोगका कारण  उक्त क्षेत्रले चर्चा बटुल्दै आएको छ’ वडाध्यक्ष केसीले भने, ‘खासगरी बागलुङ बजारबासी हाइकिङका लागि त्यहाँ पुग्ने गरेका छन्, बागलुङबजारको पूरै दृश्य देखिने उक्त स्थल धेरैको रोजाइमा पर्न थालिसकेको छ।’

पदमार्गका लागि भिरलाखुरी पुग्नुभएका स्थानीय  पर्यटन अभियान्ता सुलभ खड्काले भिरलाखुरी स्थल उत्कृष्ट गन्तव्य बन्न थालेको बताउनुभयो। बागलुङबाट बिहान मर्निङक वाक गर्नेहरु समेत त्यहाँ पुग्ने गरेका छन्। पदमार्गसहित बागलुङ बजार र कुश्मा बजारको दृश्यावलोकन गर्न, फोटो तथा भिडियो खिच्न यहाँ आउने गरेको  स्थानीय रामजी नेपालीले जानकारी दिए। ‘सूर्योदय र सूर्यास्तको दृश्यले मनै लोभ्याउने भएकाले त्यहाँ आउनेको सङ्ख्या वृद्धि भएको छ, बागलुङ बजारबाट हिँडेर ४५ मिनेट र मोटरसाइकलमा १० मिनेटमै त्यहाँ पुग्न सकिन्छ’ उनले भने ‘टाढाको गन्तव्यमा जान समय र पैसा दुबै खर्च हुन्छ, समय र खर्चको बचतसँगै प्रकृतिसँग रमाएर दृश्यावलोकन गर्न भिरलाखुरी भ्यु पोइन्ट गज्जबको पर्यटकीय गन्तव्य हो।’

नेपालीले भिरलाखुरीको थप प्रचार र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताए। नेपाली र वडाकार्यालयको नेतृत्वमा दुई हप्ताअघि मात्रै भिरलाखुरीको प्रवर्द्धनमा सामूहिक पदमार्ग आयोजना गरिएको थियो। समुद्र सतहदेखि जम्मा एक हजार तीन सय ५० मिटरको उचाइमा  रहेको उक्त स्थलको प्रचारप्रसार र पूर्वाधारको विकाससँगै चर्चामा आएको हो। 

भिरलाखुरी आमा समूहकी अध्यक्ष संगीता परियारले अघिपछि ४०-५० जना र  शनिबार एक सय भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका  र पर्यटकको चहलपहलले आफूहरूमा उत्साह थपिएको बताइन्। 

प्रकाशित: Aug 28, 2023| 06:22 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्