मंगलबार, जेठ २६, २०८३

सन्दीपविरुद्धको बलात्कार मुद्दा हेर्न भ्याइएन

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजको पेशी पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

National life

अर्को पेशी २१ भदौलाई तोकिएको छ। लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन्। आज अदालतमा सुनवाइ स्थगित भएसँगै उनको पाकिस्तान यात्रा निश्चित भएको छ।

लामिछानेले नाबालिगलाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा अन्तिम सुनुवाइ हुन तयार भएपछि पनि जिल्ला अदालत काठमाडौंमा १० पल्ट पेशीमा चढिसकेको छ। अन्तिम सुनुवाइका लागि पेशीमा चढ्न थालेको सात महिना पुगे पनि बहस सुन्ने र फैसला सुनाउने काम भएको छैन। प्रायजसो पेशी 'हेर्न नभ्याइने'मा परेको छ। कतिपय अवस्थामा सरकारी वकिलले स्थगित गराएका छन्।

यो मुद्दामा प्रमाण जुटाउने प्रक्रिया पूरा भएर अन्तिम सुनुवाइमा चढेको गत माघदेखि हो। त्यसयता १२ पटक पेशी सूचीमा यो मुद्दा चढेको छ।

नाबालिग बलात्कारजस्तो निरन्तर सुनुवाइ गर्नुपर्ने, त्यसमाथि सर्वोच्च अदालतले समेत फास्ट ट्र्याकमा सुनुवाइ गर्न आदेश दिएको मुद्दामा यस्तो सुविधा अभियुक्तलाई दिन नमिल्ने अदालतकै कर्मचारीहरू बताउँछन्। घटना भएको एक वर्ष र अदालतमा मुद्दा पुगेको नौ महिना बितिसक्यो।

Shivam cement

 

प्रकाशित: Aug 27, 2023| 15:50 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्