मंगलबार, जेठ २६, २०८३

ढुसी परेको कोक बेच्नेलाई महानगरले तिरायो डेढ लाख जरिवाना

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०
National life
Shivam cement

काठमाडौं महानगरपालिकाले कोकाकोला बेच्ने कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

शुक्रबार भृकुटीमण्डपमा एक थान सिसाको बोतलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो।

कम्पनीले एउटै ब्याजको कोकाकोलामा अन्त समस्या नभएको तर एक ठाउँमा मात्रै समस्या भएपछि ढुवानी गर्दा वा अन्य कारणले लिकेज भएको निष्कर्ष निकालेको थियो। उत्पादन गर्दा भन्दा पनि वितरकको लापरबाहीले गर्दा अखाद्य भएकोले डेढ लाख जरिवाना गरिएको हो।

प्रकाशित: Aug 27, 2023| 15:21 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्