मंगलबार, जेठ २६, २०८३

गृहमन्त्रीविरुद्ध नाराबाजी गर्ने पक्राउ

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०
National life
Shivam cement

वीरगन्जमा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध नाराबाजी गर्ने ५ जना युवा पक्राउ परेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवन उद्घाटन गर्न वीरगन्ज पुगेका गृहमन्त्री श्रेष्ठविरुद्ध आइतबार बिहान हिन्दू स्वय‌ंसेवक संघका युवाहरुले नाराबाजी गरेका थिए।

गृहमन्त्रीको अगाडि कालो झन्डा देखाई विरोध र नाराबाजी गर्ने ५ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा स्थानीय युवा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दू स्वयंसेवक संघले जनाएको छ।

प्रकाशित: Aug 27, 2023| 14:34 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्