आइतबार, असार २९, २०८२

अष्ट्रेलियामा अमेरिकी हेलिकप्टर दुर्घटना, तीन सैनिकको मृत्यु

 |  आइतबार, भदौ १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

vianetvianet

अमेरिकी सेनाको एक हेलिकप्टर अष्ट्रेलियामा अभ्यासका क्रममा दुर्घटनामा परेको छ। बीबीसीका अनुसार एमभी-२२बी ओस्प्रे हेलिकप्टर आइतबार अभ्यासका क्रममा टिवी टापुमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी ३ जना सैनिकको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ। अमेरिकी सैनिकहरू त्यहाँ अष्ट्रिलिया, फिलिपिन्स, पूर्वी टिमोर र इन्डोनेसियाका सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गरिरहेका थिए।

दुर्घटनामा परेको हेलिकप्टरमा अमेरिकी सैनिकमात्र सवार थिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित: Aug 27, 2023| 14:06 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्