आइतबार, असार २९, २०८२

'मंगल र शुक्र ग्रहमा पुग्ने सामर्थ्य छ भारतसँग'

 |  आइतबार, भदौ १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

vianetvianet

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष एस सोमनाथले चन्द्रमा, मंगल र शुक्र ग्रहको यात्रा गर्न भारत सक्षम रहेको बताएका छन्।

तिरुवनन्तपुरममा पत्रकारहरूसँग कुरा गर्दै उनले जुनसुकै ग्रहमा पुग्न सक्ने सामर्थ्य भारतको रहेको दाबी गरे। इसरोका वैज्ञानिकको आत्मविश्वास बढाउन आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्तुत गरेको लक्ष्य पूरा गर्न इसरो तयार रहेको बताए। 'हामीलाई थप लगानीको खाँचो छ, अन्तरिक्ष क्षेत्रको विकास गर्नुपर्छ र यसबाट सिंगो राष्ट्रको विकास गर्नुपर्छ, त्यो हाम्रो लक्ष्य हो,' इसरोले चन्द्रयान–३ परियोजना पर्याप्त लगानीका बाबजुद सफलतापूर्वक सम्पन्न गरेको सुनाउँदै उनले भने।

यसअघि शनिबार नै प्रधानमन्त्री नरेन्द्र मोदी बेंगलुरुको इसरो मुख्यालयमा पुग्दा उनलाई हार्दिक स्वागत गरिएको थियो। उनले तेस्रो चन्द्रयान टोलीमा संलग्न इसरोका महिला वैज्ञानिकका साथै अन्य वैज्ञानिकहरूको टोलीलाई भेटेर अबदेखि हरेक वर्ष अगस्ट २३ लाई राष्ट्रिय अन्तरिक्ष दिवसको रूपमा मनाइने घोषणा गरेका थिए।

गत बुधबार साँझ चन्द्रमाको दक्षिण ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण भएको थियो। चद्रमाको दक्षिणी ध्रुवमा यान अवतरण गराउने भारत पहिलो देश बनेको छ।

प्रकाशित: Aug 27, 2023| 13:11 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्