मंगलबार, जेठ २६, २०८३

बहालवाला एक सचिव र सहसचिवविरुद्ध पनि किर्ते मुद्दा

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यमाथि बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा किर्ते गरेको अभियोगमा मुद्दा चलाइएको छ।

National life

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अदालतमा दर्ता गरेको मुद्दाको प्रतिवादी सूचीमा उनीहरुको पनि नाम छ। यो प्रकरणमा मुद्दा दायर भएका सरकारी पदमा बहाल रहेका यी दुई नै सबैभन्दा उपल्लो तहका अधिकारी हुन्।

सचिव राउतले २०६६ सालमा जग्गाको सट्टाभर्नामा टिप्पणी उठाएका थिए। त्यही टिप्पणीमार्फत भू-माफियालाई जग्गा दिइएको थियो। सहसचिव वैद्यमाथि मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भू-माफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोप छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो। दाङका प्रमुख जिल्ला अधिकारी रहेका वैद्यलाई त्यसपछि गृह मन्त्रालयमा तानिएको थियो।

प्रकाशित: Aug 27, 2023| 12:21 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्