मंगलबार, जेठ २६, २०८३

ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध किर्ते मुद्दा

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

National life

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनका आधारमा कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

ब्युरोले संगठित अपराध र किर्तेमा ५७ दिन अनुसन्धान गरेर जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो। मुद्दा दायर गर्ने बेलामा भने किर्तेको कसुरमा मात्र दायर गरिएको छ।

जग्गा हिनामिनामा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित २९० जनाविरुद्ध मुद्दा दायर भएको हो।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो। तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो। ब्युरोले दुवै मुद्दा चलाउन राय दिएको थियो। तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो।

Shivam cement

प्रकाशित: Aug 27, 2023| 11:54 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्