मंगलबार, जेठ २६, २०८३

धानमा गबारोको समस्या

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

चितवन- चितवनको पूर्वी क्षेत्रमा लगाइएको धानमा गबारो रोगको समस्या देखिएको छ। गाँज हाल्ने बेलामा गबारोले गुभो खाएर बोट सुक्न थालेपछि कृषक चिन्तित बनेका छन्।

National life

धानखेतीका लागि यो समयमा मौसम प्रतिकूल भइदिँदा लगाइएको बालीमा गबारो रोगको सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी सुरुची त्रिपाठीले बताइन्।

धानमा देखिने गबारो कीरा पहेँलो र सेतो हुने गरेको उनले जानकारी दिइन्। यसले धान बालीलाई मात्रै नोक्सान गर्ने भए पनि गुलाबी र धर्के गबारोले अन्य बालीमा समेत असर पार्ने उनको भनाइ छ।

उनले भनिन्, ‘पश्चिम चितवनमा ढिलो रोपाइ भएको हुँदा गबारोको समस्या लिएर किसान नआएको तर पूर्वी चितवनमा अलि पहिला रोपाइँ भएको थियो जहाँ गबारोको प्रकोप बढी देखिएको छ।’ यो रोग पश्चिम चितवनका खेतमा समेत फैलन सक्ने भएकाले कृषकलाई सजग गराइएको उनको भनाइ छ।

गबारोको माउले पातको टुप्पोतर्फको तल्लो सतहमा अण्डा पार्ने र अण्डाबाट लार्भा निस्की डाँठमा प्वाल पारेर प्रवेश गर्दछ। यसले गुबो खाँदै तल वा माथि गई धानको बोटलाई असर गर्ने त्रिपाठीको भनाइ छ।

Shivam cement

उनले दिउँसोमा घाम नलाग्ने, घाम लागिहाले पनि बादलसँगै लाग्ने हुँदा धानमा गबारो तथा ढुसी लाग्ने सम्भावना बढी हुने बताइन्।

उनले धान बालीमा गबारोको प्रकोप सुरु भइसकेको भन्दै यसको व्यवस्थापनका लागि किसानलाई धानखेतमा नियमित निरीक्षण गरी पातको टुप्पोमा भएका गबारोका फुलहरू नष्ट गर्नसमेत अनुरोध गरिन्।

उनले भनिन्, ‘गबारोको प्रकोप १० प्रतिशतभन्दा बढी भएमा कार्टप हाइड्रोक्लोराइड चार प्रतिशत वा फिप्रोनिल शून्य दशमलव तीन प्रतिशत वा क्लोरान्ट्रानिलिप्रोल शून्य दशमलव चार प्रतिशत जिआर ५०० ग्राम प्रतिकठ्ठाका दरले बालुवामा मिसाएर छर्न सकिन्छ।’

जिल्लामा २४ हजार दुई सय ४७ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको छ। कृषि ज्ञान केन्द्र चितवनका अनुसार यस वर्ष ९५ प्रतिशत धान रोपाइँ भएको छ।

प्रकाशित: Aug 27, 2023| 10:50 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्