मंगलबार, जेठ २६, २०८३

आदिपुरुष र चन्द्रयान-३ बीच के छ समानता ?

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेको छ। पश्चिमा देशहरुले यही कामका लागि बिलियन डलर खर्च गरेर पनि सफलता नपाइरहेका बेला भारतले भने निकै कम खर्चमा यो काम फत्ते गरको छ।

National life

रोचक कुरा त के भने चन्द्रयान-३ बनाउन ६१५ करोड भारतीय रुपैयाँमात्र खर्च भएको छ। जबकि केही समयअघि विवादित बनेको फिल्म आदिपुरुषको बजेट झन्डै उस्तै थियो। 

अहिले सामाजिक सञ्जालमा आदिपुरुषका निर्माताको खिल्ली उडाउने काम भइरहेको छ। नराम्रो फिल्म बनाउनका लागि निर्माताले जति पैसा खर्च गरे, त्यो खर्चमा त चन्द्रमामा गएको भए हुन्थ्यो भन्दै मानिसहरुले गिज्याइरहेका छन्। भारतको चन्द्रयान-३ मिशनको लागत हलिउड फिल्म ‘इन्टरस्टेलर’ भन्दा पनि कम छ। 

अगस्ट २३ मा साँझ ६ बजे चन्द्रयान–३ को ल्यान्डरले चन्द्रमामा पहिलो पाइला राखेको थियो। योसँगै भारत सबैभन्दा कम लागतमा चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको छ। 

चन्द्रयान-३ चन्द्रमामा पाइला राख्नेबित्तिकै सामाजिक सञ्जालमा आदिपुरुष ट्रेन्डिङ हुन थालेको थियो। एक प्रयोगकर्ताले लेखेका छन्– बलिउडले एउटा फिल्ममा ६०० करोड खर्च गरे, तर यही रकममा इसरो चन्द्रमामा पुग्यो।

Shivam cement

चन्द्रयान–३ मिसनले यति धेरै पैसा देशको उत्थानमा लगानी गर्नुपर्छ न कि आदिपुरुषजस्ता फिल्म बनाउनमा खेर फाल्नुपर्छ भन्ने प्रमाणित गरेको छ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘यदि भगवानको नाममा यति पैसा इसरोलाई दिएको भए राम्रो काम हुने थियो।’

आदिपुरुष भारतमा बनेको सबैभन्दा महँगो फिल्म हो। फिल्म बनाउन दुई वर्ष लाग्यो। भीएफएक्समा परिवर्तनहरूले पनि यसको रिलिजमा ढिलाइ भयो।
सुरुमा फिल्मको बजेट ५०० करोड रहेको भनिए पनि भीएफएक्समा परिवर्तन गर्नका लागि यसको बजेट अलिकति बढाइएको थियो। भीएफएक्समा परिवर्तनपछि यसको कुल बजेट ६ सय करोड पुगेको थियो।

यति ठूलो बजेटमा बनेको फिल्म बक्स अफिसमा भने नराम्रोसँग पछारियो। फिल्मले भारतमा २८६.३७ करोड कमाएको थियो, जसमा हिन्दी संस्करणबाट १४७.२६ करोड रुपैयाँ आयो। विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने फिल्मले ४ सय करोडको हाराहारीमा मात्र कमाउन सक्यो। अर्थात् फिल्मले आफ्नो लगानीसमेत उठाउन सकेन।

प्रकाशित: Aug 27, 2023| 10:04 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्