मंगलबार, जेठ २६, २०८३

कुखुरा चोरेको भनेर छिमेकीले कुट्दा बालकको मृत्यु

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०
National life
Shivam cement

रुकुम पश्चिममा कुखुरा चोरेको भन्दै छिमेकीले कुटपिट गर्दा एक बालकको मृत्यु भएको छ। मुसिकोट नगरपालिका- ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको मृत्यु भएको हो।

कुखुरा चोरेको आरोपमा स्थानीय रामबहादुर बुढाथोकीले शुक्रबार बालकलाई निर्घात कुटपिट गरेका थिए। जिल्ला प्रहरी कार्यालयका गम्भीर बिरामी भएका बालकलाई उपचारको लागि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो। अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए।

कुटपिटबाट गम्भीर घाइते भएका बालकलाई दुई दिनसम्म उपचार नगरी घरमै राख्दा उनको अवस्था चिन्ताजनक बनेको प्रहरीले जनाएको छ। प्रहरीले 
बुढाथोकीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: Aug 27, 2023| 09:46 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्