मंगलबार, जेठ २६, २०८३

अमेरिकामा फेरि अर्को गोलीकाण्ड

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

अमेरिकाको फ्लोरिडामा एक व्यक्तिले तीन अश्वेत व्यक्तिको गोली हानी हत्या गरी आफूले आत्महत्या गरेका स्थानीय अधिकारीहरूले बताएका छन्।

National life

ज्याक्सनभिलको शेरिफको कार्यालयका अनुसार फ्लोरिडाको एक पसलमा एक मुखौटा लगाएका २० वर्षका गोरा व्यक्तिले गोली चलाएका हुन्।  

अहिलेसम्म नाम नखुलेको व्यक्तिले आक्रमण गर्न एक हल्का सेमी अटोमेटिक राइफल र एक ह्यान्डगन बोकेका थिए। उनले तीन काला ग्राहक दुई पुरुष र एक महिलालाई गोली हानेर मारेको बताइएको छ।

गोली चलाउने क्रममा प्रहरीसँग झडप पनि भएको थियो। प्रहरीसँगको झडपपछि उनले आफैँलाई समेत गोली हानेका थिए।

प्रकाशित: Aug 27, 2023| 09:04 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्