मंगलबार, जेठ २६, २०८३

कहाँ-कहाँ छ आज बाढीको जोखिम ?

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

शनिबार राति बाराको निजगढ, कोभी, अमलेखगन्ज र सर्लाहीको कर्मैया आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ। 

National life

बकैया नदी क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन आग्रह गरेको छ। 

यसैगरी सङ्खुवासभाको खाँदबारी, तुम्लिङ्टार, सप्तकोशी चतरा, लेवाघाट धनकुटा, खोटाङ बजार वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ। सो क्षेत्र भई बहने स-साना खोलाहरूमा आकस्मिक जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

मध्य राति मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुर वर्षामापन केन्द्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। सो क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक  बाढीको जोखिम र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित: Aug 27, 2023| 05:57 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्