मंगलबार, जेठ २६, २०८३

सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल 

 |  आइतबार, भदौ १०, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १०, २०८०

राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको धरानमा साम्प्रदायिक हिंसा भड्किन सक्नेतर्फ संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएको छ। आयोगले स्थानीय सरोकारवालाहरूलाई सामाजिक सद्भाव कायम राख्न र वार्ताको माध्यमबाट समस्या समाधान गर्नसमेत आग्रह गरेको छ।

National life

आयोगका सहसचिव टीकाराम पोखरेलले शनिबार विज्ञप्ति जारी गर्दै साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

‘एक आपसमा देखिएका विमतिहरुलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह गर्दछ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ। ‘जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानार्षण भएको छ।

आयोगले यस संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन गरिरहेको छ,’ आयोगले भनेको छ, ‘धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दू मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज र्‍याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, साास्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने संभावित घटना रोक्न सबै झेला तथा कार्यक्रमहरु रोकिएको आयोगको अनुगमनको त्रममा बुझिएको छ।’

आयोगले संविधानको प्रस्तावनामै विविधताका बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावको संरक्षणको विषय उल्लेख रहेको भन्दै मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा विभिन्न महासन्धिका व्यवस्थाबमोजिम समेत सामाजिक सद्भाव कायम राख्नु सबैको दायित्व भएको स्मरण गराएको छ।

Shivam cement

प्रकाशित: Aug 27, 2023| 05:43 आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्