मंगलबार, जेठ २६, २०८३

उसिना चामल निर्यातमा भारतले लगायो २० प्रतिशत शुल्क

 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०
National life
Shivam cement

भारतको संघीय सरकारले उसिना चामलको निर्यातमा २० प्रतिशत कर लगाएको अधिकारीहरूले बताएका छन्। आन्तरिक बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्दै मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले अर्थ मन्त्रालयले शुक्रबार साँझ उक्त आदेश जारी गरेको हो। 

निर्देशनअनुसार निर्यात शुल्क तत्काल कार्यान्वयन गरी अक्टोबर ३१ सम्मका लागि प्रभावकारी रहनेछ। यो नयाँ प्रतिबन्धसँगै भारतले अब सबै प्रकारका गैरबासमती चामलमा प्रतिबन्ध लगाएको छ, जुन भारतको कुल चामल निर्यातको लगभग २५ प्रतिशत हो।

यसको निर्यातमा २० प्रतिशत भन्सार दर लागू गर्दा विश्वव्यापी मूल्यमा थप वृद्धि हुने सम्भावना छ। गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतले चामल निर्यातमा लगाएको प्रतिबन्धले विश्वव्यापी मुद्रास्फीतिमा प्रभाव पार्ने र बाँकी विश्वमा खाद्य पदार्थको मूल्यमा उतारचढाव बढाउने बताएको र एक निश्चित श्रेणीको चामलको निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेको थियो। 

प्रकाशित: Aug 26, 2023| 18:59 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्