मंगलबार, जेठ २६, २०८३

सारुकले आत्महत्या गरेको दुई महिना नबित्दै बुबाको निधन

 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०
National life
Shivam cement

काठमाडौं- कलाकार सानु ताम्राकारको निधन भएको छ। ताम्राकारको आज शनिबार नर्भिक अस्पतालमा उपचाकार क्रममा निधन भएको हो।

सानु हालै आत्महत्या गरेका सारुक ताम्राकारका बुबा हुन्। छोरा बितेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। किड्नीमा समस्या देखिएपछि उनी एक महिनादेखि नर्भिकमा उपचाररत थिए।

कलाकार सारुकले गत असार २२ गते आत्महत्या गरेका थिए। उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनी ह्यासट्याग माया नामक फिल्ममा काम गरिरहेका थिए। घटना भएको दिन पनि उनी छायांकनमै व्यस्त थिए। दिनभर फिल्म सुटिङ गरेका सारुकले राति ११ बजे आत्महत्या गरेका थिए।

saruk तबःचबपबच1688702398.jpg
सारुक ताम्राकार
प्रकाशित: Aug 26, 2023| 17:02 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्