आइतबार, असार २९, २०८२

नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठग्ने महिला पक्राउ

प्रहरीले बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसीलाई प्रहरीले नक्कली गहनासहित पक्राउ गरेको हो।
 |  शनिबार, भदौ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

vianetvianet

काठमाडौं– नक्कली सुनका गरगहनालाई सक्कली बताएर ठगी गरेको आरोपमा प्रहरीले बागलुङकी एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मीना केसीलाई प्रहरीले नक्कली गहनासहित पक्राउ गरेको हो।

उनले गत वर्षको साउनदेखि पटक–पटक गरी स्थानीय सूर्यबहादुर खड्कासँग नक्कली गहना राखेर ऋण माग्दै आएको प्रहरीले जनाएको छ। गत वर्ष १८ लाख ऋण दिएकामा सो रकम फिर्ता नगरी पुनः २ लाख माग्न आएपछि खड्काले आफूलाई राख्न दिएको सुन जाँच गर्दा नक्कली फेला परेको थियो।

खड्काले नक्कली सुनमा ठगिएपछि प्रहरीमा उजुरी दिएका थिए। प्रहरीले मीनालाई ६ भदौमा पक्राउ गरेर थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद लिइसकेको छ। म्याद थपिएपछि केसीविरुद्ध अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन केसीले बताए।

प्रकाशित: Aug 26, 2023| 14:55 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्