मंगलबार, जेठ २६, २०८३

बाढीपहिरोले सिन्धुपाल्चोकमा जनजीवन कष्टकर

दुई वर्षअघि बाढी आएपछि भएको भौतिक क्षति बिर्सन थालेका सिन्धुपाल्चोकबासीलाई शुक्रबारको बाढीले फेरि झस्काइदिएको हो।
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

सिन्धुपाल्चोक– निरन्तरको वर्षासँगै आएको बाढीपहिरोले सिन्धुपाल्चोकको जनजीवन प्रभावित भएको छ। मेलम्ची नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकका विभिन्न स्थान बगाएको छ।

National life

दुई वर्षअघि बाढी आएपछि भएको भौतिक क्षति बिर्सन थालेका सिन्धुपाल्चोकबासीलाई शुक्रबारको बाढीले फेरि झस्काइदिएको हो।

बाढीले हेलम्बु गाउँपालिका–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार बेलुकी बगाएको स्थानीय श्याम शर्माले जानकारी दिए। अन्य भवन पनि जोखिममा रहेका छन्। त्यस्तै ग्याल्थुम बजार पनि जोखिममा परेको छ।

शुक्रबार बिहान सोही विद्यालयको दुई वटा शौचालय बगाएको थियो । यद्यपि बाढीका कारण अवरुद्ध भएको मेलम्ची नगरपालिकाका विभिन्न स्थानका सडक भने सञ्चालनमा आएका छन्।

मेलम्ची–भोताङ सडक खण्डस्थित मेलम्ची बजार पारीको बाटोसँगै मेलम्ची नवलपुर सडक खण्ड सडक पनि सञ्चालनमा आएको मेलम्ची वडा नम्बर १० का वडाध्यक्ष अमृत खनालले जानकारी दिए। मेलम्ची–तालामाराङअन्तर्गत सिमखेतमा जमेको लेदो पन्छाएसँगै यातायात आउजाउ हुन थालेको छ। 

Shivam cement

मेलम्ची–४ स्थित पिप्ले–पाटीभन्ज्याङ बाटो सञ्चालनमा आए पनि जोखिम कायमै रहेको स्थानीयले बताएका छन्। पहिराले मेलम्चीनगरका आधा दर्जन घर जोखिममा छन्। आवश्यक सतर्कता अपनाउन मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ। विभिन्न स्थानमा गएको पहिरोको कारण हाइटेसन लाइनको पोल ढलेको छ भने ठाउँ–ठाउँमा विद्युत् अवरुद्ध भएको छ।

पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्य मार्ग पहिरोको कारण अवरुद्ध भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए।अध्यक्ष लामाका अनुसार खाल्डे खोलामा पहिरो गएपछि वैकल्पिक माध्यमबाट यात्रुलाई सहज बनाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका अधिकांश ठाउँमा बाढीपहिरो जाने क्रम बढी रहेको छ।

प्रकाशित: Aug 26, 2023| 14:15 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्