शुक्रबार, साउन ९, २०८२

देव उद्यान गौशालालाई तीन दिनभित्र बक्यौता बुझाउन पत्राचार

म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई कालोसूचीमा राखेर बैंक खातासमेत रोक्का राख्न सिफारिस गरिने।
 |  शनिबार, भदौ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

vianetvianet

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले देव उद्यान गौशालालाई मंगलबारसम्म बक्यौता बुझाउन आग्रह गर्दै पत्र काटेको छ।

आज सार्वजनिक सूचना निकालेर तिर्नुपर्ने बाँकी बक्यौता बुझाउन र नयाँ सम्झौता गर्न गौशालालाई अनुरोध गरेको विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। 

उनका अनुसार कोषको २१ साउनको निर्णयबाट गठित बाँकी बक्यौता असुली कार्य टोलीले स्थलगत रुपमा अनुगमन गरी कोषअन्तर्गत रहेका पसल, पार्किङको बक्यौता रकम कार्यालयमा दाखिला गर्न अनुरोध गरेको थियो।

पटक–पटकको टेलिफोन सम्पर्कबाट ताकेता गर्दा केही सञ्चालक  व्यक्ति÷फर्म÷संस्थाले आंशिक रकम कोषको बैंक खातामा दाखिला गरी कोषको कोष तथा आय लेखा व्यवस्थापन शाखामा भौचर बुझाएको र त्यसमा पनि कतिपयले आंशिक मात्रै र कतिपयले नबुझाएको पाइएकाले १२ भदौ कार्यालय समयभित्र बाँकी बक्यौता बुझाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।

कोषले पत्राचार गरेको र कारणवश पत्र नपाएको भए सूचनालाई नै आधार मानेर तोकिएको समयसीमाभित्र  आफूले तिर्न बाँकी रकम बुझाउन जानकारी गराएको छ।

म्यादभित्र बाँकी बक्यौता नबुझाउनेलाई कानुनी प्रक्रियाअनुसार कालोसूचीमा राखेर सम्बन्धित व्यक्ति, संस्था, फर्म, कम्पनीको बैंक खातासमेत रोक्का राख्न सिफारिस गरी सरकारी बाँकीसरह असुलउपरको कारबाही गरिने चेतावनी दिइएको कोषका कार्यकारी निर्देशक डा. खतिवडाले बताए।

प्रकाशित: Aug 26, 2023| 11:48 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्