काठमाडौं- संस्कृतिमन्त्री सुदन किराँतीले दिवंगत बुबाको सम्झनामा वरपिपल रोपेका छन्।
पशुपति क्षेत्रमा वरपिपल रोप्दै उनले भनेका छन्- सम्झनामा बुबा र आमा वर र पिपल हुनुभयो। पितृको संसारमा जानुभएको बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपियो। सँगै आजैबाट बुबाको काम सकियो। समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु।
किराँतीका बुबाको गत बुधबार निधन भएको थियो। बुबाआमासँगको पुरानो तस्बिर सेयर गर्दै मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका थिए,
‘भर्खरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त बुबा आमा त रहनु भएन रह्यो त केवल खिचि छोडेको तस्बिर आँखामा। पितृत्व र मातृत्व छातीभित्र। आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन। सारा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु। नि:शब्द छु तर भन्न बाध्य छु बुबा हार्दिक श्रद्धान्जली!’