मंगलबार, जेठ २६, २०८३

सम्बन्धविच्छेदका मुद्दाले भरियो चितवन जिल्ला अदालत

गत आर्थिक वर्षमा अदालतमा ३ हजार चार सय ३५ मुद्दा दर्ता भएका थिए।
 |  शनिबार, भदौ ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

चितवन– चितवन जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र १ हजार दुई सय १६ दर्ता भएका छन्।

National life

यस्तै, चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा ६ सय २६, लागूऔषधसम्बन्धी १ सय ६८ मुद्दा दर्ता भएका थिए। कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्षमा अदालतमा ३ हजार चार सय ३५ मुद्दा दर्ता भएका थिए।

गत आवमा अदालतमा जिम्मेवारी सरी आएकासहित ५ हजार ६ सय मुद्दामध्ये ६४ दशमलव ५१ प्रतिशत मुद्दा फस्र्योट भएको छ। सापकोटाका अनुसार जिम्मेवारी सरी आएका १ हजार पाँच सय ६५ मुद्दामध्ये १ हजार तीन सय ४५ मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएका ३ हजार चार सय ३५ मध्ये २ हजार दुई सय ६८ मुद्दा फैसला भएका छन्। 

गत आवमा जिम्मेवारी सरी आएका मुद्दा १ हजार ९ सय ८७ रहेको उनले जानकारी दिए। सोही समय एक सय मुद्दा बालबालिका संलग्न भएका मुद्दा दर्ता भएका छन्। कार्यालयका अनुसार मेलमिलापमार्फत तीन सय १० मुद्दा मिलापत्र भएका छन्।

मेलमिलापमा पठाइएका १ हजार दुई सय ६५ मुद्दामध्ये आठ सय ४७ मुद्दा फिर्ता भएका छन् भने १ सय आठ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको सापकोटाले बताए। अदालतले चालू आवका लागि ५ हजार आठ सय २३ वटा मुद्दा दर्ता हुने र ३ हजार सात सय ८७ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ।

Shivam cement

यस्तै, निवेदनतर्फ दुई हजार दुई सय ६७ दर्ता हुने अनुमान गरिएको छ। चालू आवको साउनमा एक सय ३३ दशमलव ८४ प्रतिशत मुद्दा फैसला गरेको छ। अदालतले साउनमा दुई सय १० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा दुई सय ८१ मुद्दा फैसला गरेको हो।–रासस

प्रकाशित: Aug 26, 2023| 10:46 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्