आइतबार, असार २९, २०८२

मेलम्चीले बगायो स्कुलको भवन

 |  शनिबार, भदौ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

vianetvianet

अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन बगाएको छ।

बाढीले शुक्रबार बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर बगाएको थियो। जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्चलगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइसकेका थिए। दिनभरि मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन बगेको हो। 

बाढीका कारण मेलम्ची-हेलम्बु सडक ठाउँठाउँमा अवरूद्ध भएका छन्। मेलम्चीको बहाव कम नभएकाले सबैलाई सतर्क रहन भनिएको छ। मेलम्चीको बाढीले हेलम्बु गाउँपालिका-४ ग्याल्थुमका चार घर पनि उच्च जोखिममा परेका छन्।

शुक्रबार बिहानैदेखि मेलम्चीले कटान सुरू गरेपछि भरतबहादुर कार्की, मुक्तिनाथ लामिछाने, छविरमन लामिछाने र सुरेश तामाङका घर उच्च जोखिममा परेका हुन्। उनीहरु घर छाडेर टहरामा सरेका छन्।

यसअघि २०७८ सालमा पनि मेलम्चीमा आएर बस्ती तहसनहस भएको थियो।

प्रकाशित: Aug 26, 2023| 06:56 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्