आइतबार, असार २९, २०८२

आज पनि देशैभर वर्षाको सम्भावना

 |  शनिबार, भदौ ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ९, २०८०

vianetvianet

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भूभागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Aug 26, 2023| 06:36 शनिबार, भदौ ९, २०८०
प्रतिक्रिया दिनुहोस्