आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आईजीपीको निर्देशन

मानव बेचबिखन नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आईजीपीको निर्देशन

 |  शुक्रबार, भदौ ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

vianetvianet

काठमाडौं- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन्। 

मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको निरीक्षण भ्रमणपछि शुक्रबार आयोजित समारोहमा उहाँले ब्यूरोले गरेको कामको प्रशंसा गर्दै अझै समन्वयात्मकरुपमा प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न निर्देशन दिए।

मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन पनि उनले आग्रह गरे। प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्न उनले निर्देशन दिए। 

महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा अन्य सरोकार राख्ने निकायसँग समन्वयात्मक ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिनुभयो । मानव बेचबिखन संवेदनशिल विषय भएको र नेपाली धेरै विदेशमा काम गर्न जाने हुँदा सेवा ग्राहीलाई गर्ने व्यवहार पनि सेवाग्राही मैत्री हुनुपर्नेमा उनले जोड दिए। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा बेचबिखनका घटना बढिरहेकाले त्यसतर्फ सचेत हुन पनि उनले आग्रह गरे।

सो क्रममा ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले ब्यूरोले गरेका कामकारवाही र प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन भइरहेको बताए। 

प्रकाशित: Aug 25, 2023| 20:43 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्