मंगलबार, जेठ २६, २०८३

धनगढीमा शिक्षिका मृत फेला, अखिल क्रान्तिकारीका नेता पक्राउ

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

कैलालीको धनगढीमा रहेको प्रहरी स्कुलकी एक शिक्षिका मृत फेला परेकी छन्। बिहीबार धनगढी उपमहानगरपालिका-३ चटकपुरमा दार्चुलाको मार्मा गाउँपालिका-६ घर भएकी २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत भेटिएकी हुन्।

National life

चटकपुरमा आफन्तको घरमा बस्दै आएकी डडाल घरभन्दा करिब डेढ सय मिटर उत्तरतर्फ मृत फेला परेको प्रहरीले बताएको छ। शिक्षिका डडालले धनगढीको दीपेन्द्र प्रहरी स्कुलमा पढाउँदै आएकी थिइन्।

घटनामा संलग्नताको आंशकामा २५ वर्षीय जगदीश कोट्टारीलाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा कोट्टारी पक्राउ परेका हुन्।

उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए। मृतकका परिवारले कोट्टारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ।

 

Shivam cement

प्रकाशित: Aug 25, 2023| 18:18 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्