मंगलबार, जेठ २६, २०८३

ग्रिसमा अपहरण, काठमाडौंमा फिरौती

विदेश रोजगारीका लागि ग्रिस पुगेका सावित्रा थापा, कृष्ण कार्की र राजन सत्याललाई त्यही बन्धक बनाएर नेपालमा रहेका आफन्तसँग फिरौती माग्ने चार जना पक्राउ।
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले वैदेशिक रोजगारीका लागि ग्रिस पुगेका तीन नेपालीलाई अपहरण गरी फिरौती रकम बुझेका चार जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।  
गत १२ जेठमा अपहरित हुने तीन जना रोजगारीका लागि ग्रिस पुगेका थिए। उनीहरुलाई ग्रिसमै अपहरण गरी पीडितका नेपालमा रहेका परिवारसँग १५ हजार युरो (करिब २१ लाख रुपैयाँ) फिरौती रकम बुझ्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो। अपहरणमा परेका र अपहरण गर्ने केही ग्रिसमै रोजगारीमा थिए।

National life

फिरौती रकम मागेपछि पीडितका आफन्तले प्रहरीलाई उजुरी दिएका थिए। त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ का तिलकबहादुर कार्कीका छोरा कृष्ण कार्की, मोरङको रंगेली नगरपालिका–२ का यदुराज थापाकी छोरी २५ वर्षीया सवित्रा थापा र काभ्रेको नमोबुद्ध–१ मथुरापाटीका ३० वर्षीय पोखनाथ सत्यालका छोरा राजन सत्याल एकैसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारका लगि सर्बिया पुगेका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगारी तथा तलब सुविधा नपाएपछि पुनः लुकीछिपी ग्रिस पसेका उनीहरुलाई अपहरण गरी पीडितका नेपालमा रहेका परिवारसँग १५ हजार युरो फिरौती माग गरिएको प्रहरीले बताएको छ। ग्रिस तथा दुबईबाट ह्वाट्सएपमार्फत पीडितका परिवारसँग सम्पर्क गरी २१ लाख ७५ हजार नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न चारै जनालाई २ भदौमा काठमाडौंको गौरीघाटस्थित डेराबाट फिरौती रकमसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन्।

ग्रिसमा बन्धक पीडितसमेतलाई प्रहरीले सकुशल उद्धार गरेको छ। पक्राउ परेकालाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान थालिएको सीआईबीले बताएको छ।

Shivam cement

 

प्रकाशित: Aug 25, 2023| 16:36 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्