मंगलबार, जेठ २६, २०८३

काभ्रेमा १० दिनमै आठ जनाले गरे आत्महत्या

बनेपा, पनौती नगरपालिका र बेथानचोक पालिकामा अध्ययनरत विद्यार्थीले मृत्यृ रोज्न थालेपछि थालियो सचेतना अभियान।
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काभ्रे–काभ्रेका विभिन्न स्थानमा १० दिनमै आठ जनाले आत्महत्या गरेपछि इलाका प्रहरी कार्यालय बनेपाले आत्महत्या रोकथाम गर्न विद्यालय स्तरमा सचेतना अभियान थालेको छ। उक्त अवधिमा आत्महत्या गर्ने आठमध्ये ६ विद्यार्थी भएपछि प्रहरीले पहिलो चरणमा विद्यालय स्तरमा सचेतना अभियान थालेको जनाएको छ।

National life

दिनहुँ आत्महत्याका घटना भइरहँदा इप्रका बनेपाले बनेपा नगरपालिका, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकामा अभियान सञ्चालन गरिएको हो। ‘जनचेतनामूलक मनोबल अभिव्ृद्धि कार्यक्रम’ नाम दिई सञ्चालन गरिएको सचेतनाका लागि अधिकृत स्तरका प्रहरी तथा बनेपास्थित शिर मेमोरियल अस्पतालका मनोसामाजिक परामर्शकर्तासहित विद्यालयका कक्षाकोठामा कार्यक्रम सञ्चालन गरिएको हो।

‘दिनदिनै आत्महत्याका डरलाग्दा घटना भएकाले अभियान सञ्चालन गरिरहेका छौं’, इप्रका बनेपाका इन्चार्ज प्रहरी नायब उपरीक्षक रेशम बोहराले भने। उनका अनुसार तीन दिनमा तीन स्थानीय तहका २५ सामुदायिक तथा निजी विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

पहिलो चरणमा एक साता सञ्चालन गरिने सचेतनामा करिब ५० विद्यालयमा कार्यक्रम गरिने योजना बनाएको जनाइएको छ। पछिल्लो साता बनेपा तथा आसपासका स्थानीय तहमा विद्यालय उमेर समूहकै बालबालिकाले आत्महत्या गरेका थिए।

प्रहरीले सचेतना अभियानमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकलाई सहभागी गराएको छ। विद्यालय स्तरको अभियान प्रभावकारी हुने अपेक्षा गरिएको सहभागी अभिभावकले बताएका छन्। 

Shivam cement

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा झुन्डिएर ७१ र विष सेवनबाट १४ गरी ८५ जनाले आत्महत्या गरेका थिए। यीमध्ये भुम्लु गाउँपालिकामा १० वर्षका र बनेपा–१२ महेन्द्रज्योति बाँस्डोलमा १२ वर्षीय बालकले आत्महत्या गरेका हुन्।

यस्तै, आव २०७८/७९ मा ८९ ले झुन्डिएर र २३ विष सेवनबाट गरी १ सय १२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ। आव २०७७/७८ मा भने झुन्डिएर ९३ र विष सेवनबाट ४२ र हाम फालेर एक गरी १ सय ३८ ले ज्यान गुमाएका थिए।–रासस

प्रकाशित: Aug 25, 2023| 15:14 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्