सोमबार, असार ३०, २०८२

पहिरोले अवरुद्ध छन् यी सडक

पहिरोका कारण अरनिको राजमार्ग, जोमसोम सडक, कान्ति लोकपथ, सिद्धिचरण, त्रिशूली–मैलुङलगायतका सडक अवरुद्ध रहेको प्रहरीको पछिल्लो विवरण।
 |  शुक्रबार, भदौ ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

vianetvianet

काठमाडौं– नेपाल प्रहरीले बुधबारदेखिको निरन्तरको वर्षापछि मुलुकका विभिन्न स्थानमा सडक अवरोध भएको विवरण सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ शिरिषेस्थित अरनिको राजमार्ग, भोटेकोशी गाउँपालिका–२ दसकिलोस्थित अरनिको राजमार्ग र हेलम्बु गाउँपालिका–२ भूमेश्वरीस्थित मेलम्ची हेलम्बु सडक खण्डमा गए राती अविरल वर्षाको कारण बाढीले बगाउँदा सडक पूर्ण रुपमा अवरोध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ पाङडुङ खोलामा आएको अविरल वर्षाका कारण बिहीबार राती पहिरो जाँदा कान्ति लोकपथ अवरोध भएको छ। उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित मदन भण्डारी राजमार्गमा अविरल वर्षका कारण बिहीबार राती पहिरो जाँदा सडक अवरोध भएको छ।

मुस्ताङको थासाङ गाउँपालिका–४ घोप्टेभिरस्थित बेनी–जोमसोम सडक खण्डमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–४ भुसुने जंगलस्थित सिद्धिचरण राजमार्गमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको प्रहरी बुलेटिनमा उल्लेख छ।

यस्तै, नुवाकोटको किस्पाङ गाउँपालिका–५ पैरेबेंसीस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी रसुवा खण्डमा आज बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरोध भएको छ। 

पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल भइरहेको जनाएको छ।

प्रकाशित: Aug 25, 2023| 14:29 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्