काठमाडौं– प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगर–१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सुन्दर हरैचा नगरपालिका–४ का ३५ वर्षीय अनिल शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–१० दोदा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही नगरपालिका–११ डोकेबजारका २० वर्षीय सुमित चौधरी र १९ वर्षीय जोगराज चौधरी रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
कैलालीको धनगढी उपमहानगर–८ बाट अवैध लागूऔषध ब्राउन सुगर ५ सय मिलिग्रामसहित सोही उपमहानगर–७ का १९ वर्षीय गोविन्द रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो।
सिरहाको गोलबजार नगरपालिका–६ दुर्गामन्दिरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नरहा गाउँपालिका–५ का १९ वर्षीय रन्जन यादव, सोही नगरपालिका–६ मझौवाका २६ वर्षीय धर्मेन्द्र महतो र मिर्चैया नगरपालिका–५ का ३१ वर्षीय दीपेन्द्रकुमार साह रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो गोलबजारबाट खटिएको प्रहरीले मप्र०२–००६प१२४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा त्यसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
यस्तै, धादिङको गल्छी गाउँपालिका–७ बाइसकिलाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित मकवानपुर कैलाश गाउँपालिकाका १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले ना५ख५८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो। सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।