मंगलबार, जेठ २६, २०८३

प्रहरीबाट लखेटिएका सन्तोष जब सेतीमा हेलिए

लागूपदार्थ सेवन गरिरहेका बेला प्रहरी देखेपछि सेतीमा हाम फालेका पोखराका सन्तोष तामाङ तीन दिनदेखि सम्पर्कविहीन।
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं– कास्कीको पोखरामा गत बुधबार सिभिल ड्रेसमा रहेको प्रहरी टोली चार युवालाई लागूऔषध सेवन तथा कारोबारको आशंकामा नियन्त्रणमा लिन सिम्पानी नजिकै कसेरी पुग्यो।

National life

प्रहरीले लागूऔषध सेवन वा कारोबार गरेको प्रमाणसहित पक्रने योजना बनाएअनुसार सन्तोष तामाङका तीन साथी पक्राउ पनि परे। तर, सन्तोष भने प्रहरीलाई देखेपछि सेती नदीतिर भागे।प्रहरीले लखेटेपछि नदीमा हाम फालेका आफ्ना दाजु अहिलेसम्म नभेटिएको उनका भाइले बताए।

सेती नदीमा हाम फालेका पोखरा–१ कसेरीका २८ वर्षीय सन्तोष अझै सम्पर्कविहीन छन्। प्रहरीले लखेट्दा सेतीमा हाम फालेपछि उद्धार नगरी फर्केको सन्तोषका आफन्तको आरोप छ। सन्तोषलाई खोज्न भनेर प्रहरी सेतीमा हाम फालेको चार घन्टापछि मात्रै नदी किनार पुगेको बताइन्छ।

कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकको टोलीले हाम फालेको नदीस्थल पुगे पनि सन्तोषलाई फेला पार्न सकेको छैन। प्रहरीले संयमता गुमाएकै कारण सन्तोषले उर्लिंदो सेतीको भेलमा हाम फालेपछि पनि तत्काल कुनै उद्धारको प्रयास नगरेको भन्दै स्थानीयले प्रहरी चौकीमा नाराबाजीसमेत गरेका थिए।

प्रकाशित: Aug 25, 2023| 11:51 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्