मंगलबार, जेठ २६, २०८३

आइफोन चिट्ठा परेको म्यासेज आयो? नपत्याउनुस्

आइफोन पाउने लोभमा महिलाले धमाधम ठगी धन्धा चलाएकाको बैंक खातामा पैसा पठाएसँगै झन्डै आधा करोड रकम लिएर सम्पर्कविहीन भएकालाई प्रहरीले पक्रियो।
 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं– आइफोन उपहार पाउने झुटो आश्वासनको लालचमा फस्दा महिलाहरु झन्डै आधा करोड रकम ठगीमा परेका छन्।

National life

नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कस्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे।

उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए। झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए।

त्यसपछि ठगिएको चाल पाएका पीडितले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए।

‘तपार्ईं लक्की हुनुभएको छ, तपाईंले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ। हामी आइफोन पठाउँदै छौं। कस्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ’, भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायको भनाइ छ।

Shivam cement

प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहट कटहरियाका ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपन्डोलबाट पक्राउ गरी उनीहरुबाट ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ। 

उनीहरुको साथबाट ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिमकार्ड र १२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ। उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडांै जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 25, 2023| 11:05 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्