मंगलबार, जेठ २६, २०८३

भट्टेडाँडामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

मकवानपुर- कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाँडामा गएराति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ।

National life

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ।

मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ।

यता, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा भने यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए।

प्रकाशित: Aug 25, 2023| 10:29 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्