सोमबार, साउन ११, २०८३

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले गरे आत्मसमर्पण

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो। 

उनको जमानत दुई लाख डलर तय गरिएको छ। ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन्। बुधबार उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सह-प्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए। 

२०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका ट्रम्पको यो चौथो आपराधिक मुद्दा हो। जर्जियामा ट्रम्पले सामना गर्ने अन्य तीन आपराधिक मुद्दाहरूको सुनुवाइ हुन लामो समय लाग्ने बीबीसीले लेखेको छ।

प्रकाशित: Aug 25, 2023| 07:20 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्