मंगलबार, जेठ २६, २०८३

पूर्वसचिव भीम उपाध्यायविरुद्ध प्रहरीमा मानहानिको उजुरी

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

पूर्वसचिव भीम उपाध्यायविरूद्ध चितवन प्रहरीमा उजुरी दर्ता भएको छ। करिब साढे दुई वर्षअघि टिकटकमा राखेको एउटा भिडियोलाई लिएर भरतपुर-१६ की पूर्णिमाया गुरूङले बिहीबार चितवन प्रहरीमा उजुरी दिएकी हुन्।

National life

आफ्नो तस्बिर अनधिकृत रूपमा सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरिएकाले उपाध्यायलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न ती महिलाले माग गरेकी छन्। उपाध्यायले ती महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’भनेर पोस्ट गरेका थिए।

पूर्णिमायाले रमाइलोका लागि आफूले टिकटकमा राखेको भिडियोलाई स्क्रिन सट गरेर उपाध्यायले बेइज्जती गरेको र आफूमाथि गाली आइरहेको बताएकी छन्। त्यसबाट आफू र परिवारलाई नै मानसिक यातना भएको उनको भनाइ छ। 

उनको तस्बिरमा हड्डीबाट मासु तानेर खाइरहेको जस्तो देखिन्छ। गुरुङका अनुसार साढे दुई वर्षअगाडि आफन्तको भोजमा सहभागी हुँदाको तनहुँमा लिइएको तस्बिर हो। उनीहरूले राँगाको मासु खाएका थिए। गुरूङ समुदायको भोजभतेरमा खसीबोका र राँगा अनिवार्य हुन्छ।
 

प्रकाशित: Aug 25, 2023| 07:19 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्