मंगलबार, जेठ २६, २०८३

रक्षक नै भक्षक बनेपछि...

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी छन्।

National life

पेट दुखेपछि उनलाई उपचारका लागि गत वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। उनले अस्पतालको रेकर्डमा प्रहरीले बलात्कार गरेको र कसैलाई भने जेलमा २० वर्ष थुनाएर सडाउने धम्की दिएकाले कसैलाई भन्न नसकेको लेखाएकी छिन्।

पीडित महिलाले अस्पतालमा दिएको बयान गोप्य राखिएको छ। महिलाले अस्पतालमा दिएको बयानका आधारमा मुद्दा अगाडि नबढेपछि उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार लिखित उजुरी नै दिएकी छिन्।

उजुरीमा उनले चैत ६ गते राति नाम थाहा नभएको प्रहरीले सोधपुछ गर्न हाकिमले बोलाएको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुखकहाँ लगेको र मादक पदार्थ सेवन गरेर बसेका प्रमुखले कुटपिट गरी मुख थुनी बोल्न नदिई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छिन्। सोही राति पुनः हिरासत कक्षबाट कार्यकक्षमा लगेर बलात्कार गरेपछि यो कुरा कसैलाई कतै भनेमा २० वर्षसम्म जेलमा सडाइदिनेभनेर डर, धाक, धम्की दिएको उजुरीमा लेखेकी छिन्। 

उनीसँगै एउटै आरोपमा हिरासतमा रहेका अन्य महिलाले पनि पीडित महिलासँग र आफूहरूसँग प्रहरीले गर्ने व्यवहार छुट्टै रहेको बताएका छन्। उनीहरूका अनुसार पीडित महिला दिनभरि कार्यालयको बरन्डामा खुला रूपमा बस्न पाउँथिन्। रात परेपछि मात्र हिरासतमा ल्याइन्थ्यो। बलात्कारको घटनाबारे कसैलाई नभनेमा अभियोगबाट छुटाइदिने र नोकरीसमेत लगाइदिने आश्वासन दिई अनुचित प्रभावमा पारेको पीडितले बताएकी छिन्।  

Shivam cement

प्रकाशित: Aug 25, 2023| 07:03 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्