मंगलबार, फागुन २६, २०८२

कोशीमा २२ हजार डेंगु संक्रमित, १४ जनाको मृत्यु

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०

डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित भएका छन्। 

National life

डेङ्गुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १२ को मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए। उनका अनुसार यहाँ १५ हजार नौ सय ५२ जना सङ्क्रमित भएका छन्।
    
प्रदेशका १४ जिल्लामै डेङ्गु सङ्क्रमण फैलिएको चम्लागाईँले बताए। उनका अनुसार मोरङमा तीन हजार तीन सय ६३ सङ्क्रमित हुँदा एकको मृत्यु भएको छ भने झापामा एक हजार चार सय २० सङ्क्रमित भएकामा एकको मृत्यु भएको छ।

तराई, मधेस, पहाड र हिमाली सबै जिल्लामा डेङ्गु फैलिएको चम्लागाईँले बताए। “विशेष गरी गर्मी र बर्खायाममा डेङ्गु फैलिने गरेको छ”, उनले भने, “डेङ्गुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन्।” सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै अन्य जिल्लाका निजी तथा सरकारी अस्पतालहरूमा डेङ्गुका बिरामीको उपचार भइरहेको उनले जानकारी दिए।

चम्लागाईँका अनुसार साउनदेखि हालसम्ममा तेह्रथुममा एक सय १५, पाँचथरमा ४७, इलाम एक सय ६८, उदयपुर चार सय ४९, धनकुटामा दुई सय ६४, भोजपुरमा एक सय ५४, सङ्खुवासभामा दुई सय ६०, ओखलढुङ्गामा पाँच, ताप्लेजुङमा ३३, खोटाङ र सोलुखम्बुमा पाँच-पाँच जना डेङ्गुका बिरामी फेला परेका छन्।

डेङ्गु सङ्क्रमण फैलिएसँगै प्रदेशका सबै पालिकाले डेङ्गुको लार्भा खोजेर नष्ट गर्ने, औषधि छिट्ने तथा जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन्। “सामान्य भन्दा निकै तीव्र ज्वरो आउनु, खानाको स्वाद थाहा नहुनु, टाउको दुख्नु, आँखा र नाकबाट रगत बग्नुलगायत लक्षण देखिएका डेङ्गु भएको हुन सक्छ”, उनले भने।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 25, 2023| 07:02 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्