मंगलबार, जेठ २६, २०८३

तीन जना चढेको मोटरसाइकल रोक्दा इन्स्पेक्टरमाथि आक्रमण

 |  शुक्रबार, भदौ ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ८, २०८०
National life
Shivam cement

मदिरा सेवन गरेका युवाको मोटरसाइकल रोक्दा झापाको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्जमाथि आक्रमण भएको छ। प्रहरी निरीक्षक युवराज कटुवालमाथि बिहीबार साँझ बन्चरो प्रहार भएको हो।

सादा पोसाकमा रहेका कटुवालले शिवसताक्षी नगरपालिका-९ स्थित सडकमा तीन जना सवार मे ४ प २७५१ नम्बरको अनियन्त्रित मोटरसाइकल रोकेका थिए। मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय अशोक पोखरेलले उनलाई बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ। टाउको र हातमा चोट लागेका कटुवालको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

बन्चरो प्रहार गर्ने पोखरेल, मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ र पछाडि सवार ३३ वर्षीय लक्ष्मण टुडुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रकाशित: Aug 25, 2023| 07:02 शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्