सोमबार, असार ३०, २०८२

महानगरले माग्यो सिटी ब्राण्डिङको अवधारणा

 |  बिहीबार, भदौ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

vianetvianet

काठमाडौं महानगरपालिकाले सिटी ब्राण्डिङका लागि अवधारणा माग गरेको छ। महानगरको राष्ट्रिय-अन्तर्राष्ट्रिय पहिचान बढाउन सहरी योजना आयोगले अवधारणा पत्रसहित सूचीकृत हुन आउन भनेको हो।

महानगरको समग्र ब्राण्डिङसम्बन्धी काम गर्न इच्छुकले १५ दिनभित्र अवधारणा पेश गर्न सक्नेछन्। यसका लागि फर्म तथा संघसंस्थाले निवेदनसहित सिटी ब्राण्डिङ अवधारणापत्र तथा गर्न सकिने कामको प्राविधिक प्रस्ताव, अहिलेसम्म गरेका कामको अनुभव प्रमाणपत्र तथा अन्य कागजात र संस्थाका कागजात पेश गर्नुपर्छ। संस्थाका कागजात भनेको दर्ता प्रमाणपत्र, पान-भ्याट दर्ता प्रमाणपत्र, स्थानीय तहमा व्यवसाय दर्ता भएको प्रमाणपत्र, आव २०७८७९ को करचुक्ता प्रमाणपत्र हुन्।

व्यक्ति वा विज्ञले अवधारणा पेश गर्न चाहेमा नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा), अहिलेसम्म गरेका कामको अनुभव विवरण तथा प्रमाणपत्रसहित सिटी ब्राण्डिङ अवधारणापत्र तथा गर्न सकिने काम उल्लेख भएको प्राविधिक प्रस्ताव पेश गर्नुपर्छ।

प्रकाशित: Aug 24, 2023| 19:52 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्