सोमबार, असार ३०, २०८२

ब्रिक्समा थपिए ६ सदस्य

 |  बिहीबार, भदौ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

vianetvianet

काठमाडौं- ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको उदीयमान राष्ट्रको संगठन ब्रिक्समा ६ सदस्य थपिएका छन् ।   

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आज यहाँ नयाँ सदस्य थपिएको घोषणा गरेका हुन्। नयाँ सदस्य अब जनवरी १ देखि सङ्गठनमा आबद्ध हुनेछन्। 

'हामीले गणतन्त्र अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्सलाई ब्रिक्सको पूर्णसदस्य बन्न आमन्त्रित गर्ने निर्णय गरेका छौँ,' राष्ट्रपति रामाफोसाले घोषणा गरेका छन्। 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ग्लोबल साउथ’ एक कूटनीतिक शब्द मात्र नभएर उपनिवेशवाद र रंगभेदविरुद्ध यी देशहरूको साझा इतिहासको प्रतिनिधित्व गर्ने आन्दोलन भएको बताएका छन्। 

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजित ‘ब्रिक्स–अफ्रिका आउटरिच एण्ड ब्रिक्स प्लस डायलग’लाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स राष्ट्र र शिखर सम्मेलनमा उपस्थित सबै मित्र राष्ट्रले बहुध्रुवीय विश्वको सुदृढीकरणमा योगदान गर्न सक्ने बताए। 

'अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका नेताहरूसँग विचार आदानप्रदान गर्ने अवसर दिनुभएकोमा म दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाप्रति आभारी छु। पछिल्लो दुई दिनमा हामीले ग्लोबल साउथका देशहरूको प्राथमिकता र चासोमा ध्यान केन्द्रित गरेका छौं,' उनले भने।

प्रकाशित: Aug 24, 2023| 18:50 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्