मंगलबार, जेठ २६, २०८३

बेथानचोकका किसानलाई दूधमा अनुदान

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काभ्रे- बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ।  

National life

दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन्।

आधुनिक कृषि सहकारी संस्थाले थानी महांकाल डेरीमार्फत दूध बिक्री गर्ने कृषकलाई अनुदान रकम वितरण गरेको हो। सहकारीले थप अनुदान माग गरेको १० लाख ५८ हजार ३६ लिटर दूधमध्ये १० लाख ५२ हजार लिटर दूधमा अनुदान रकम प्राप्त गरेको बेथानचोक-२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार सहकारीमा आबद्ध किसानलाई बागमती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रहि प्रतिलिटर दूधमा तीन रूपैयाँ ५६ पैसा अनुदान दिएको रकम हस्तान्तरण गरिएको हो। यस्तै सहकारीमार्फत बेथानचोकको २ र ३ नं वडाका एक सय ९६ किसान र पनौती नगरपालिकाका ९९ किसानले थप अनुदान रकम पाएका छन्।

सहकारीले १० लाख ५८ हजार लिटर दूधमा ३७ लाख ४८ हजार पाँच सय ८३ रूपैयाँ अनुदान रकम पाएकामा बेथानचोकका किसानले २६ लाख नौ हजार छ सय १५ र पनौतीका किसानले ११ लाख ३८ हजार नौ सय ३८ रूपैयाँ प्राप्त गरेका हुन्। एक किसानले कम्तीमा चार हजार तीन सय ४३ देखि अधिकतम ५० हजार रूपैयाँसम्म अनुदान पाएका हुन्।

Shivam cement

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वर्ष दिन किसानले बिक्री गरेको दूधको परिमाणका आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानलाई पशुपालनमा आकर्षित गरी थप दूध उत्पादन गर्न उत्प्रेरणा दिएको बताए।

युवा तथा किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम र तथ्यांक संकलन सकिएपछि ‘किसान परिचयपत्र’ वितरण गरिने तयारी गरिएको उनले जानकारी दिए।

प्रकाशित: Aug 24, 2023| 22:55 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्