मंगलबार, जेठ २६, २०८३

बेलायतकालीन भारतीय हात्तीको मृत्यु

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ। यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो।

National life

भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको हेरचाहमा खटिएका एक कर्मचारीले बताएका छन्।

सन् १९४० मा एक जना बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको यो हात्तीलाई पाँच वर्षअघिसम्म काममा लगाइएको थियो। बिजुली प्रसाद नामको यो हात्तीका सबै दाँत झरेकाले उसलाई पछिल्लो समय चामल र भटमास पकाएर खुवाइने गरिएको थियो।

पशु चिकित्सक कुशल कोंवर सरमानका अनुसार हात्तीको औसत उमेर ८० वर्ष हो। बिजुलीप्रसादको सोमबार बिहान निधन भएको हो। पर्याप्त प्राकृतिक आहारको अभावमा पनि उसको ज्यान गएको हुन सक्ने सरमानको अनुमान छ।

प्रकाशित: Aug 24, 2023| 17:36 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्