मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

चन्द्रपुर- सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको घटनामा आज दिउँसोदेखि रौतहटको पूर्वपश्चिम राजमार्ग बागमती–चपुर सडकखण्ड अवरुद्ध भएको छ। 

National life

चन्द्रपुर नगरपालिका वडा नं १ स्थित बागमती क्षेत्रमा ट्रकको ठक्करबाट स्थानीय करिव ५५ वर्षीया बिमलाकुमारी बिमलीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले उक्त ट्रकमा आगजनी गर्नाका साथै  राजमार्ग पनि अवरुद्ध गरेका हुन्। 

पश्चिम दिशाबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नं को मालबाहक ट्रकले ठक्कर दिँदा उहाँ सख्त घाइते भएपछि चालकले जानीजानी गाडी ब्याक गरेर मारेको आरोप लगाउँदै उनीहरूले ट्रकमा आगजनी गरेको बताइएको छ

 उक्त ट्रकका चालक फरार भएका र सहचालकलाई भने नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। आगजनी भएको ट्रकको आगो निभाउन गएको नगरपालिकाको दमकललाई आक्रोशित स्थानीयवासीले तोडफोड गरी क्षति पुर्‍याएको बताइएको छ।  

दमकलमा ढङ्गा प्रहार गर्दा ना १ झ ६८८ नं को उक्त दमकलको अगाडिको शिशा पूर्णरूपले फुटेको र चालक कुमार बस्नेत सामान्य घाइते भएका छन्। चालक बस्नेतले आफ्नो आँखामा शिशाको टुक्राले चोट पुर्‍याएको बताए।
 

Shivam cement

प्रकाशित: Aug 24, 2023| 16:39 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्