मंगलबार, जेठ २६, २०८३

दुई दिनदेखि कर्णालीमा हवाई उडान अवरुद्ध

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

जाजरकोट- कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ। लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो। 

National life

डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई उडान हुन सकेको छैन। हवाई उडान प्रभावित भएपछि नेपालगञ्ज विमानस्लथमा बस्नु परेको ठूलीभेरी नगरपालिका डोल्पाका इञ्जिनियर राजेन्द्र ठकुल्लाले जानकारी दिए।

 उनले भने, ‘दुई दिन भइसक्यो जहाज कुरोको, मौसममा सुधार नआउँदा डोल्पा जान सकिएको छैन। स्थलमा मार्गबाट जान पनि समस्या छ।’ सडक यातायात भरपर्दो नहुँदा हवाई उडान सेवा लिनुपर्ने बाध्यता छ। तर मौसम प्रतिकुल बन्दा यात्रुहरुलाई समस्या हुँदै आएको छ।

डोल्पामा सडक पुगेपनि वर्षायाममा सहज तरिकाले यात्रा गर्न अझै समस्या छ। खोलामा पानीको सतह बढेका कारण यात्रामा चुनौती हुँदै आएको हो। हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन। नेपालगञ्ज विमानस्थल प्रशासनका अनुसार मौसममा सुधार भएको छैन।
 

प्रकाशित: Aug 24, 2023| 15:37 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्