सोमबार, असार ३०, २०८२

माकुराको जालोमा भैंसी पर्दैन: ओली

 |  बिहीबार, भदौ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानुनभन्दा बाहिरबाट कुनै निर्णय नगरेको दाबी गरेका छन्। बिहीबार पार्टी निकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पालामा कानुन पल्टाएर मात्रै निर्णय गरिएको बताए।

उनले भने-
अहिले यस्तो भ्रष्टाचारको काण्डहरु भइरहेका छन् त्यस्तो काण्डहरुलाई छोप्न सजिलो छ एमालेले गर्यो भनेर। राम्रो काम केही गरेन नराम्रो मात्रै गर्यो। अब कसैकसैले छाप्न सक्छ केपी ओलीलाई हत्कडी लायो जेल भयो भनेर। कसैले मलाई गोली हान्न सक्छ आपत्ति छैन, तर मलाई पञ्चायतकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि ४ वर्ष यसै थुन्यो। अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो।

झुटैमा जाने हो भने कानुनले केपी ओलीलाई हत्कडी लगाउन सक्ने कुनै ठाउँ राख्दै राख्दैन। राखेकै छैन। केपी ओली ढुक्कले भन्छ। मलाई थाहा छ विरोधीहरु छन् तिनीहरुले सत्यका विरुद्ध काम गर्छन्। तिनीहरु हाम्रा विरुद्ध आइलाग्न सक्छन्। म सचेत छु कानुनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस्।

म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरु एक शब्द नचिप्लियोस् भनेर मैले कानुन पल्टाइ पल्टाइ फैसला गरेको छु। निर्णय गरेको छु। कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन। माकुराको जालोमा भैंसी पर्दैन भन्ने यिनिहरुले बुझ्नुपर्छ।

यिनीहरु केपी ओलीलाई पार्न माकुराको जालो पार्दै हिँड्छन्। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिंगले थाहा पाउँछ न जिउले थाहा पाउँछ। केपी ओली आफ्नो देश बनाउने अभियानमा अगाडि बढेको छ।

प्रकाशित: Aug 24, 2023| 14:33 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्