शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सुन तस्करीमा नाम आएपछि अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

सुन तस्करीमा नाम आएपछि अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं- सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँग संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ। अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए।

National life

महानिर्देशक अधिकारी र दावाबीच कनेक्सन देखिएको समाचार आज बिहीबारको नेपाल समाचारपत्र दैनिकले छापेको थियो।

'६० किलो सुन तस्करीक मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ,' समाचारमा भनिएको छ, 'अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु फेला परेको छ।'

समाचारपत्रले अधिकारी र दावाबीच भएको संवादसमेत छापेको छ।

प्रकाशित: Aug 24, 2023| 14:01 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्