काठमाडौं- सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँग संवाद गरेको पाइएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ। अधिकारी २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक थिए।
महानिर्देशक अधिकारी र दावाबीच कनेक्सन देखिएको समाचार आज बिहीबारको नेपाल समाचारपत्र दैनिकले छापेको थियो।
'६० किलो सुन तस्करीक मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ,' समाचारमा भनिएको छ, 'अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरु भएको तथ्यहरु फेला परेको छ।'
समाचारपत्रले अधिकारी र दावाबीच भएको संवादसमेत छापेको छ।