मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उद्योगीले श्रमिकको पारिश्रमिक बढाउन सक्दैनौं भन्नु दुखद्: रास्वपा सांसद अर्याल

उद्योगीले श्रमिकको पारिश्रमिक बढाउन सक्दैनौं भन्नु दुखद्: रास्वपा सांसद अर्याल

 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रमिकको पारिश्रमिक वृद्धि गरेकोमा खुसी व्यक्त गर्दै यसको कार्यान्वयनमा जोड दिएका छन्।

National life

प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले बढेको पारिश्रमिक नदिने कुरा केही उद्योगीले भनेको जानकारी गराउँदै त्यसो नगर्न आग्रह गरे।

उनले भने, 'त्यसै त विदेशिने क्रम बढ्दो छ। दैनिक पाँच हजारसम्म युवा विदेश गइरहेका छन् काम खोज्न। सामान्य बढेको पारिश्रमिक पनि लागू नगरे राम्रो सन्देश जाँदैन। उद्योगीले खुसीखुसी यो लागु गर्नुपर्छ। सरकारले त्यसका लागि वातावरण बनाइदिनु पर्छ।'

सरकारले साउन ३२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाएको थियो। चिया बगानमा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक १३ हजार र त्यो बाहेकका श्रमिकका लागि न्यूनतम १७ हजार ३ सय रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ। यो पारिश्रमिक लागू गर्नका लागि संस्थागत सुधार पनि गर्नुपर्ने अर्यालको भनाइ थियो। अर्याल पूर्व श्रममन्त्री पनि हुन्।

प्रकाशित: Aug 24, 2023| 13:37 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्