सोमबार, असार ३०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेता कार्कीको निधनमा शुक्रबार कांग्रेस मुख्यालय बन्द, देउवाले दिए श्रद्धाञ्जली

नेता कार्कीको निधनमा शुक्रबार कांग्रेस मुख्यालय बन्द, देउवाले दिए श्रद्धाञ्जली

आज बिहान मुख्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। 
 |  बिहीबार, भदौ ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

vianetvianet

काठमाडौं– कांग्रेसले पूर्वकेन्द्रीय सदस्य डा.राजराम कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ। आज बिहान मुख्यालय सानेपामा बसेको आकस्मिक केन्द्रीय समिति बैठकले कार्कीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

कांग्रेसले स्व.कार्कीको सम्मानका लागि ७–८ भदौ दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। 

कार्की स्वर्गारोहणको १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक–पुस्तिका राखिनेछ भने सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय आकष्मिक बैठकले गरेको छ। उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न आज बिहान ९ देखि ११ः३० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शव राखिएको थियो।

श्रद्धाञ्जलीसभामा कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य, जिल्ला सभापति एवं नेता, कार्यकर्तालगायत उपस्थित  थिए।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य, बागमती प्रदेशसभाका पूर्वसदस्य, कांग्रेस धादिङका पूर्वसचिव, नेपाल तरुण दलका पूर्वमहासचिव र पार्टीका महासमिति सदस्यसमेत रहेका डा. कार्कीको बुधबार बेलुकी उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो। स्व. कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।

प्रकाशित: Aug 24, 2023| 13:07 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्