मंगलबार, जेठ २६, २०८३

जापानबाटै बाआमालाई भिडियो कल देखाएर झुन्डिइन् युवती

जापान अध्ययनमा गएकी दोलखाकी बुढाथोकीले बाआमासँग भिडियो कल गर्दागर्दै झुन्डिएर आत्महत्या गरेकी हुन्।
 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं–अध्ययनका लागि वर्ष दिनअघि जापान पुगेकी दोलखाकी २० वर्षीया रविना बुढाथोकीले नेपालमा रहेका आफ्ना बाआमालाई फेसबुक म्यासेन्जरमा भिडियो कल गरेर लाइभ आत्महत्या गरेकी छन्। बुढाथोकीले बाआमासँग भिडियो कल गर्दागर्दै झुन्डिएर आत्महत्या गरेकी हुन्।

National life

जापानको फुकुओका क्षेत्रमा बस्दै आएकी बुढाथोकीले लाइभ आत्महत्या गर्नुको कारणबारे उनको दोलखामा रहेको परिवारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।पारिवारिक असमझदारीका कारण उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि यस विषयमा परिवारले केही भनेको छैन।

बुढाथोकीले म्यासेन्जरबाट लाइभ आत्महत्याको प्रयास गरिरहेका बेला फुकुओका क्षेत्रमा नेपाली उनको कोठासम्म पुगेका थिए। त्यसपछि उनीहरूले प्रहरीलाई बोलाए बुढाथोकीलाई तत्कालै अस्पताल लगिए पनि बचाउन नसकिएको एनआरएनए अभियन्ता सुपेन्द्र घिसिङले जानकारी दिए।

बुढाथोकीले केही दिनअघि मात्र आप्mनी साथीलाई पाँच दिनका लागि नेपाल जानुपर्ने भएकाले जहाजको टिकट बुझिदिन आग्रह गरेको बताइएको छ। प्रहरीले उनको कोठामा खानतलासी गरे पनि सुसाइड नोटलगायत वस्तु नभेटिएको जनाइएको छ।

गत सोमबार भएको उक्त घटनाका बेला बुढाथोकी कोठामा चुक्कुल लगाएर झुन्डिएकाले उद्दारका लागि पुगेका नेपाली ढोका फोडेर भित्र पस्न नसकेका र प्रहरी पुग्दा ढिलो भइसकेको बताइएको छ।

Shivam cement

प्रकाशित: Aug 24, 2023| 12:40 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्