मंगलबार, जेठ २६, २०८३

त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने आठै जनाको सनाखत

आज बिहानसम्म बस दुर्घटनामा परेर मृत्यु भएका सबैको परिचय खुलेको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका हुन्।
 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं– बुधबार काठमाडौंबाट पोखरा हुँदै बेनीका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा मृत्यु भएका आठ जनाको परिचय खुलेको छ। आज बिहानसम्म बस दुर्घटनामा परेर मृत्यु भएका सबैको परिचय खुलेको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताएका हुन्।

National life

काठमाडौंबाट पोखरा हुँदै बेनी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–२ चालिसेबाट त्रिशूली नदीमा खसेको थियो।

बसमा सवार मृतकमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको जलजला गाउँपालिका–६ का ४२ वर्षीय राधिका सापकोटा र पर्वतकै धौलागिरि गाउँपालिका–५ का ७२ वर्षीय टेकबहादुर छन्त्याल, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङको गजुरी गाउँपालिका–८ का २० वर्षीय सुशील रम्तेल र १६ वर्षीय सविन रम्तेल रहेको प्रहरीले जनाएको छ।

चालक र सहचालकसहित बसमा सवार २५ यात्रुमध्ये म्याग्दीको मंगला गाउँपालिका–२ का ३६ वर्षीय हरि अरमोजा दुर्घटनापछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। उनलाई त्रिशूलीले बगाएको आशंका छ। बस चालक बेनी–६ का ३० वर्षीय दीपक थापालाई उपचारपछि डिस्चार्ज भएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा घाइते भएका १५ मध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन्। दुर्घटनामा घाइते १५ जना काठमाडौं ल्याई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये ९ जनाको ट्रमा सेन्टर, चार जनाको वयोधा हस्पिटल, एक जनाको मेडिसिटी र एक जनाको बिएन्डबी अस्पालतमा उपचार भइरहेको हो।

Shivam cement

बसमा सवार गम्भीर घाइते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ की २२ वर्षीया अञ्जु राना मगर, म्याग्दीको गरुंगा गाउँपालिका–७ का २९ वर्षीय प्रविन पुन, ४५ वर्षीया सुनिता छन्त्याल, बंगलादेश बस्ने सुदीप मण्डल, बेनी नगरपालिका–३ का २९ वर्षीय गौतम छन्त्याल रहेका छन्।

यस्तै, अन्य घाइतेमा पर्वतको मोदी गाउँपालिका–१ का ४१ वर्षीय गुरुदत्त पौडेल, म्याग्दीको मंगला गाउँपालिका–२ का १६ वर्षीया गीता जग्जाली, बसचालक बेनी नगरपालिका–६ का ३० वर्षीय दीपक थापा, बेनी नगरपालिका–३ का २४ वर्षीय पूर्ण छन्त्याल, अन्नपूर्ण गाउँपालिका– १ का १९ वर्षीय कुशल अधिकारी, काठमाडौंको कीर्तिपुर नगरपालिका–९ का ५२ वर्षीय खड्ककुमार श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, बाग्लुङकी १९ वर्षीया सुष्मा क्षेत्री, पर्वतको फलेवास नगरपालिकाकी ६३ वर्षीया हरिकला गौडेल, म्याग्दीको रघुगंगा गाउँपालिका–६ की २३ वर्षीया रिना राना मगर, बंगलादेशी नागरिक मोहमद हजिरहुल घाइते भएका छन्।

प्रकाशित: Aug 24, 2023| 12:16 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्