मंगलबार, जेठ २६, २०८३

१५ जिल्ला बाढीको उच्च जोखिममा

कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतका २३ नदीमा जल सतह उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान।
 |  बिहीबार, भदौ ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ७, २०८०

काठमाडौं– गृह मन्त्रालयअन्तर्गको बाढी पूर्वानुमान महाशाखाले १५ जिल्ला बाढीको उच्च जोखिममा रहेको जनाएको छ। महाशाखाले कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबईलगायतका २३ नदीमा जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।

National life

काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपुर, नवलपरासी, पाल्पा इलाम, झापा, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, काभ्रेपलाचोक वरपर बहने अधिकांश स–साना नदीको बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यस्तै, सोलुखुम्बु, सप्तरी, सिराहा, धनुषा, मोरङ, सुनसरी, ताप्लेजुङ, पाँचथर, संखुवासभा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, गोरखा, लमजुङ, कास्की, स्याङजा, रुपन्देही, कपिलवस्तु, कैलाली, दार्चुला, कञ्चनपुर, डोटी, डडेल्धुरा आसपास भई बहने स–साना नदीमा पनि पानीको बहाव बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

तामाकोशी नदीको गुस्ती, सुनकोशीको हम्पचुवार, नारायणीको देवघाट, सप्तकोशीको चतरा, तमोरको त्रिवेणी, बूढीगण्डकीको आरुघाट, मस्र्याङ्दीको विमलनगरमा, सेतीको दमौली, कालीगण्डकीको कुमालगाउँ, अरुणको सिम्ले, दूधकोशीको रवुवाबजार, त्रिशूलीको  बेत्रावतीमा पनि पानीको बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ।

महाशाखाका अनुसार बागमतीको पधेंरादोभान, पूर्वी राप्ती रजैयामा, पश्चिम राप्तीको कुसुम, बबईको चेपाङ, कर्णालीको चिसापानी र असाराघाट, भेरीको समजिघाट, पश्चिम सेतीको दिपायल, महाकालीको पारिगाउँ, कन्काईको मैनाचुली, कमलाको बेलसोतमा पनि उल्लेख्य पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ।

Shivam cement

प्रकाशित: Aug 24, 2023| 11:16 बिहीबार, भदौ ७, २०८०
प्रतिक्रिया दिनुहोस्